images

सानिमा मिडल तमोर हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) भोली बुधबार बिहान बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्केटका अनुसार बुधबार बिहान १० बजे बाँडफाँट हुने जनाइएको हो ।

आईपीओमा मागभन्दा ३.८२ गुणा बढी आवेदन परेककोले गोलाप्रथाबाट बाँडफाँट हुनेछ । १४ लाख १२ हजार १३ जना आवेदनकर्ताले १ करोड ६२ लाख ४० हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले फागुन २६ देखि ३० गतेसम्म ४९ लाख ९८ हजार ७५० कित्ता सेयर निष्कासन गरेको थियो ।

जसबाट ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोष बाँडफाँट गरेर बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।