images

एमजी गाडीको शोरुम उद्घाटन गर्दै बेलायती राजदूतले भने- ‘कम्पनीसँग मेरो नाम मिलेपनि स्टेक छैन’

  • ३ कार्तिक २०७९, बिहीबार १३:१६

काठमाडौं। एमजी (मोरिस ग्यारेज) मोटर्स नक्सालमा शोरुम खोलेको छ। एमजी बेलायती कार उत्पादक कम्पनी हो।

शोरुम उद्घाटन नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले गरे।उनले झण्डै सय वर्ष पूरानो कम्पनीको गाडी नेपालमा बिक्री वितरण हुनु खुशीको विषय भएको बताए।‘सय वर्ष अघि स्थापना भएको गाडी नेपालमा बिक्री हुनु खुशीको विषय हो।यो गाडी उत्पादक कम्पनीसँग मेरो पनि नाम मिलेको छ।’उनले ठट्टा गर्दै भने, तर मेरो यो कम्पनीमा कुनै स्टेक छैन।‘

एमजी गाडीको उत्पादन मोरिस ग्यारेजको नामबाट १९२१ मा सुरु भएको हो । यो कम्पनी अहिले ९७ बर्ष पुरानो भएको छ । यो कार उत्पादनको सुरुवाति समयमा विलियम मोरिसले अटोमोवाईल इन्जिनियर सेसिल किम्बरलाई हायर गरेका थिए ।

त्यतिबेला कम्पनीले स्पोर्टस र क्रिबेलेट्स कारहरुको उत्पादन सुरु गरेको थियो । त्यसपछि कम्पनीका उत्पादन धेरै सेलिब्रेटी, बेलायती प्रधानमन्त्री र धेरै राजपरिवारका सदस्यको रोजाईमा पर्यो । यसरी २०१४ मा आईपुग्दा एमजीले म्यानुफ्याक्चरिङ च्याम्पियनसीप अवार्ड समेत जितेको छ।

नयाँ शोरुमसँगै एमजीका जीएस र जेडएस गाडी नेपाली बजारमा ल्याएको छ। एमजीको नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजीका गाडी बिक्री गर्दै आएको छ।

पारामाउन्ट मोटर्सका महाप्रवन्धक सचिन अर्याल भन्छन् ‘एमजी एक विश्वको सबैभन्दा छिटो प्रगति गरिरहेको मोटर कम्पनी मध्येको एक हो ।बिगत केही वर्षदेखि एमजी ब्राण्डले नयाँ–नयाँ मोडल बजारमा ल्याएर बलियो पकड राख्दै अविश्वसनीय प्रगति गर्दै आइरहेको छ । एमजीले थाईल्याण्डमा आधुनिक टेक्नोलोजी जडीत फ्याक्ट्री स्थापना गरिसकेको छ। २०१९को मार्चभित्र भारतमा एमजी गाडी उत्पादन गर्ने अन्तिम चरणमा पुर्याएको छ।

‘अन्तर्राष्ट्रिय मोटर ब्रान्डहरुको वर्चश्व रहेको नेपाली बजारमा एमजीको उपस्थितीले अझै गाडी पारखिलाई उत्साहित बनाएको छ । एमजीका बहुप्रतीक्षीत जीएस र जेडएस मोडलको आगमनबाट हामीसमेत निकै उत्साहित भएका छौ ।’ अर्यालले भने।

यो शोरुम एमजी मोटर्सको अन्तर्राष्ट्रिय कन्सेप्टमा आधारित अत्याधुनिक तरिकाले निर्माण गरिएको छ । सेडानको विकल्प हुनसक्ने यी जीएस र जेडएस मोडलका कम्प्याक्ट प्रिमिएम एसयुभी विश्व बजारमा मनपराएको मोडल भएको कम्पनीको दाबी छ ।उत्कृष्ट इन्जिनियरीङ, स्टाईल, सेफ्टी र आरामदायी विशेषता रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार गाडीमा सेफ्टी एयरब्याग, उत्कृष्ट निर्माण क्वालीटी र पावरफुल ईन्जिन छ। एनक्याप अष्टे«लियाले यसलाई क्रयास टेष्टमा ५ स्टारको रेटीङ्ग दिएको छ, जुन यस सेगमेन्टका केही एसयुभीले मात्र पाएको कम्पनीको दाबी छ।

रियर पार्किङ सेन्सर र क्यामेरा, डिएबी रेडियो र ब्लुतुथ, जुन एउटा उत्कृष्ट एसयुभीमा हुने सुविधा सबै यो कारमा रहेको छ । जीएस २.० लिटर इन्जिन, टर्बो ४ सिलिन्डरमा उपलब्ध रहेको छ । यो कारले ५३०० आरपीएममा २१८ बिएचपी पावर र २५०० आरपीएममा ३५० एनएम टर्क उत्पादन गर्छ । यो कार अल ह्वील ड्राइभ कार हो ।

यसमा ५५ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ । यो एसयुभीको उचाई १६९९ एमएम रहेको छ भने, यसको लम्बाई ४५०० एमएम रहेको छ । यो एसयुभीले कुनैपनि फिचरमा सम्झौंता गरेको छैन ।

एमजी जेडएसः यो कारमा दिइएको ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ बिएचपी पावर र १४१ एनएम टर्क उत्पादन गर्छ । यसको उचाई १६४८ एमएम रहेको छ भने, यसको लम्बाई ४३१४ एमएम रहेको छ । यसको ह्वीलवेस २५८५ एमएम रहेको छ । यसमा ४८ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ ।