काठमाडौं । दुई कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । सीवाइसी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता1
काठमाडौं । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन1
काठमाडौं । आज (बुधबार) शेयर बजार नेप्से परिसूचक १८ दशमलव ०६ अंकले बढ्दा सबैभन्दा धेरै वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ८ दशमलव ६८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले ७ दशमलव २१ प्रतिशत र गुह्रेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।