सान्जेन जलविद्युतको आइपीओ आजदेखि खुला



काठमाण्डौ । आजबाट सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आइपीओ विक्री खुला भएको छ । कम्पनीले योजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता आइपीओज निष्काशन गर्न लागेको हो ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित विद्युत आयोजना रहने उक्त गाउँपालिकाको वडा न. १,२,३,४ र ५ का स्थानियहरुलाई १० प्रतिशतका दरले हुन आउने ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाले उक्त आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । साथै निष्काशन गरे बापतको शेयरका लागि आवेदन नपरेमा थप १५ दिनको समय थप गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय