अपर तामाकोसीले एक बराबर एक हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं, २ भदौ, अपर तामाकोसी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित शुक्रबार वार्षिक साधारण सभा बस्ने भएको छ ।

१ः१ अनुपातमा हकप्रद जरी गर्ने प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको हो । साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि १८ साउनमा बुक क्लोज गरिएको थियो ।

१७ साउनसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् । सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एकजना महिलासहित चारजना सञ्चालनको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।

साधारणसभामा अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लाका सामाजिक संस्थालगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय