भदौ ५ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको सान्जेन जलविद्युतको कार्यालयमा तोडफोड



काठमाडौं । स्थानीयलाई शेयर कम भएको भन्दै रसुवामा रहेको सान्जेन जलविद्युत आयोजनाको कार्यालय तोडफोड भएको हो । स्थानीयहरुलई १० प्रतिशतभन्दा धेरै दिनुपर्ने माग राख्दै स्थानीयहरुले उक्त कम्पनीको कार्यालयमा तोडफोड गरेका हुन् ।

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने तयारीमा रहेको छ । जुन १० प्रतिशत हुन आउँछ ।

यस कम्पनीले भदौ ५ गतेदेखि १९ गतेसम्म आईपीओ निष्काशन गर्न लागेको छ । यस योजनाको प्रभावित क्षेत्रमा रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ का स्थानीयहरु रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय