आगामी मंसिर ४ गतेका लागि हुने निर्वाचनका लागि १० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले उक्त खर्च लाग्ने अनुमान गरेको हो ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।
आइतबार सम्पादकहरुसँगको छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले १० अर्ब खर्च हुने अनुमान गरिएको बताए । सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया