Sunday 11-28, 2021, 3:04 pm
Bittabazar

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आँउदै,लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने

२०७८ कार्तिक २७

काठमाडौं । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ ।

कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन ।