Tuesday 12-07, 2021, 3:29 am
Bittabazar

हट्यो मरिच, सुपारी, केराउ र छोकडा आयातमा लाग्दै आएको प्रतिबन्ध

२०७८ कार्तिक १३

काठमाडौं । नेपाल राष्ट्र बैंकले मरिच, केराउ, सुपारी र छोकडा आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ। बैंकले शुक्रबार एक सूचना जारी गर्दै ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जानकारी दिएको हो। बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आर्थिक वर्षका लागि लागि कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरेको छ ।

यस्तै सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालु आवका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भएको छ ।
छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने भएको छ ।