Monday 11-29, 2021, 8:39 pm
Bittabazar

नेप्सेको सीइओ नियुक्ति प्रक्रिया अघि बढ्यो, यस्ता छन् शर्त र आवश्यक योग्यता !

२०७८ कार्तिक १३

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिद विवादका कारण तत्कालिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीइओ) चन्द्रसिंह साउदको राजीनामा पछि रिक्त रहेपछि अर्थ मन्त्रालयले नेप्सेको सीइओको नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रमुख कार्यकारीका लागि इच्छुकले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ। उक्त सीइओ पदमा आवेदन दिनका लागि ब्यवस्थापन,कानुन, चार्टर्ड एकाउन्टेन्टलगायतमा स्नातकोत्तर गरेको हुनु पर्ने व्यवस्था रहेको साथै पाँच वर्षको कार्यअनुभव अनिवार्य समेत रहेको छ।