काठमाडौं । आज (बुधबार) शेयर बजार नेप्से परिसूचक १८ दशमलव ०६ अंकले बढ्दा सबैभन्दा धेरै वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ८ दशमलव ६८ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले ७ दशमलव २१ प्रतिशत र गुह्रेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।