काठमाडौं । चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभागका अनुसार १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको हो ।
चीनबाट आएको सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ। यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो।