Monday 12-06, 2021, 10:51 pm
Bittabazar

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति कोलकत्ता आइपुग्यो

२०७८ आश्विन १६

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकत्ता आइपुगेको छ।

१ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो।

बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको लुम्बिनी गार्डेन फाउन्डेसन जानकारी दिएको छ । कागजी प्रक्रिया मिलाएर दुई साताभित्र बुद्धमूर्ति नेपाल आइपुग्ने फाउन्डेसनले जनाएको छ।