Monday 12-06, 2021, 6:19 pm
Bittabazar

साहस उर्जाको आईपीओ बाँडफाँट मिति टुङगो लाग्यो !

२०७८ आश्विन १५

काठमाडौं । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणका लागि निष्काशन गरेको साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार आइतबार विहान ९ बजे आईपीओ बाँडफाँट हुनेछ । कम्पनीको आईपीओ खरिदका लागि २४ लाखभन्दा बढीको आवेदन परेको छ ।

कम्पनीले ७० करोड बरावरको ७० लाख कित्ता आइपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गरेको हो ।