Monday 12-06, 2021, 4:59 pm
Bittabazar

बुधबारदेखि पञ्चेवाजासहित घर- घरमै पुग्दै महानगर

२०७८ भाद्र ५

काठमाण्डौ । २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट कर असुल गर्न काठमाडौँ महानगरपालिकाले पञ्चेबाजासहितको टोली परिचालन गर्ने भएको छ।

आगामी बुधबारदेखि महानगरले लोक तथा दोहोरी गीत बजाउँदै पञ्चेवाजासहित घर घरमै पुगेर टोली परिचालन गर्ने भएको हो । पञ्चेवाजासहित घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउने महानगरको तयारी छ।

यसअघि महानगरपालिकाले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो।