Tuesday 12-07, 2021, 1:46 am
Bittabazar

मैलुङ खोलाको आइपीओमा शुक्रबारसम्म साढे ११ लाखले दिए आवेदन

२०७८ श्रावण १६

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको प्राथमिक शेयर (आईपीओ)मा शुक्रबारसम्ममा साढे ११ लाखभन्दा बढीले आवेदन दिएका छन्।

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार उक्त कम्पनीको आईपीओमा ११ लाख ५८ हजार ५८५ जना आवेदनबाट १ अर्ब ६० करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख ५७ हजार ३४० कित्ता शेयर माग भएको हो ।

उक्त कम्पनीको आइपीओमा साउन १८ गते सोमबारसम्म आवेदन दिन सकिनेछ ।