Tuesday 12-07, 2021, 3:03 am
Bittabazar

मेगा बैंकका एकै दिन ५ वटा नयाँ शाखा विस्तार

२०७८ श्रावण १५

काठमाडौं । मेगा बैंकले एकै दिन ५ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एक, वागमती प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो । प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी–१६ लविपुरमा बैंकले नयाँ शाखा विस्तार गरेको छ ।

वागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका–२ बट्टारमा, चितवनको भरतपुर महानगरपालिका–७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु खोलेकोे छ । लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१ एलएन चोकमा पनि नयाँ शाखा खोलेको हो ।

नयाँ शाखा विस्तारसँगै मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेका छन्। निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरु सञ्चालनमा आउने बैंकले जनाएको छ ।