Monday 12-06, 2021, 2:31 am
Bittabazar

३३ किलो सुन काण्डका फरार व्यक्ति भोजराज भण्डारी पक्राउ

२०७८ श्रावण १५

काठमाडौँ । चर्चित ३३ किलो सुन काण्डमा फरार रहेका भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । झापाको गौरादह नगरपालिका ५ बस्ने भण्डारीलाई प्रहरीले आज पक्राउ गरेको हो।

महानगरीय प्रहर परिसर काठमाडौँका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार परिसरबाट खटिएको टोलीले भण्डारीलाई गौशालाबाट नियन्त्रणमा लिन सफल भएको हो ।

भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।