Tuesday 12-07, 2021, 2:26 am
Bittabazar

तीन ओटा कम्पनीले पाए आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति

२०७८ श्रावण १५

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले तीन ओटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । अनुमति पाउने कम्पनीहरुमा न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता, साहस उर्जा लिमिटेडले १ करोड ५ लाख कित्ता र बुद्धभूमि नेपालले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन ।