Tuesday 12-07, 2021, 3:21 am
Bittabazar

युनियन लाइफ इन्स्योरेन्सले पायो आईपीओ निष्कासनको अनुमति

२०७८ असार १४

काठमाडौं । नयाँ लाइसेन्सप्राप्त जीवनबीमा कम्पनीमध्ये बीमाशुल्क र बीमितका आधारमा पहिलो नम्बरमा रहेको युनियन लाइफ इन्स्योरेन्स आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

बोर्डले असार १३ गते ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि कम्पनीलाई अनुमति दिएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि जेठ ९ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।