Monday 12-06, 2021, 7:50 pm
Bittabazar

आज सोमबार : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकले बृद्धि, ७ अर्ब ७२ करोडको कारोबार

२०७८ असार १४

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ५.६ अंकले बढेर दुई हजार ८ सय ७५ दशमलब ४५ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज नेप्सेमा ७ अर्ब ७२ करोड ५५ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये पाँच समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् ।

त्यस्तै, आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिभिल लघुवित्त वित्तिय संस्था र सबैको लघुवित्त वित्तिय संस्था रहेका छन् । जसको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको कारोबार भएको छ । यस कम्पनीको आज ६६ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।