Tuesday 11-30, 2021, 5:55 pm
Bittabazar

शेयर बजारको कारोबार प्रति धितोपत्र बोर्डले राख्यो चासो, निकाल्यो यस्तो विज्ञप्ति

२०७८ जेष्ठ २०

काठमाडौं । धितोपत्रको दोश्रो बजार कारोवार दिनानुदिन बृद्धि भइरहेको सन्दर्भमा यसमा निहित प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्न आवश्यक भएकोले धितोपत्र कारोवारलाई समयमा नै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन बोर्डले नेपाल स्टक एक्स्चेञ्जलाई निर्देशन दिएको छ । शेयर बजारमा दैनिक जसो उच्च कारोबार भइरहेकोले राफसाफ कोषमा न्यून रकम जम्मा भएप्रति नेपाल धितोपत्र बोर्डले चासो देखाएको हो ।

राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन आवश्यक रकम जम्मा हुने व्यवस्था अबिलम्व गर्नुपर्ने भएको हुँदा देहाय अनुसारको व्यवस्था गर्न बोर्डको निर्णयानुसार नेप्सेलाई निर्देशन दिइएको विहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस बोर्डले आज बिहिबार जारि गरेको विज्ञप्ति