काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले खानीखोला हाइड्रो पावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आज (बिहीबार) एक सूचना जारी गर्दै कम्पनीले वित्तीय विवरण नबुझाएको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । योसँगै खानीखोला हाइड्रोले वित्तीय विवरण नेप्सेमा पेश नगरेसम्म दोश्रो बजारमा शेयर कारोबार समेत रोक्का हुने भएको हो ।
लगानीकर्ताले खानीखोला हाइड्रो, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको हुनाले कारोबार रोक्का गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा बोर्डमा निवेदन दिएका थिए ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को २०७५ को विनियम २२(१) (क) मा भएको ब्यवस्था बमोजिम नेप्सेमा विवरण पेश गरेको नपाईएकाले धितोपत्र सूचीकरण, २०७५ को विनियम २०७५ को विनियम १६(१) (घ) मा भएको व्यवस्था बमोजिम खानीखोला हाइड्रो पावर कम्पनीको शेयर कारोबार रोक्का राखिएको जारि सूचनामा उल्लेख छ ।