Monday 12-06, 2021, 4:02 am
Bittabazar

डिस होमको सर्वसाधारणका लागि आईपीओ, कहिले र कति कित्ता ?

२०७८ जेष्ठ २०

काठमाडौं । डिस होमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । गत वर्ष असार २७ गते डिसहोमले धितोपत्र बोर्डसँग २३ लाख ८५ हजार ९ सय २९ कित्ता सर्वसाधारणका लागि शेयर जारी गर्न अनुमति मागेको थियो । धितोपत्र बोर्डले अनुमति दिएसँगै डिमहोमले छिट्टै नै आइपीओ जारी गर्ने जनाएको छ ।

कम्पनीको अध्यक्षमा हेमराज ढकाल र प्रवन्ध निर्देशकमा सुदिप आचार्य रहेको डिस होम कम्पनीको पुँजीगत संरचनातर्फ ४७ प्रतिशत हङकङको स्यान्डमाार्टिन इन्टरनेशनल होल्डिङ कम्पनी र बाँकी ५३ प्रतिशत नेपाली लगानीकर्ताको हिस्सामा छ । कम्पनीले छिट्टै नै आइपीओ जारी गर्ने जनाएपनि मिति भने तोकेको छैन ।