Tuesday 12-07, 2021, 3:11 am
Bittabazar

आज कति छ सुनचाँदीको मुल्य ?

२०७८ जेष्ठ १६

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९३ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३५५ पुगेको महासंघले जनाएको छ ।