Monday 12-06, 2021, 8:31 pm
Bittabazar

विद्यार्थीले निशुल्क सिमकार्ड पाउने

२०७८ जेष्ठ १६

काठमाडौं । अब १६ वर्षभन्दा माथिका विद्यार्थीले निशुल्क सिमकार्ड पाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।