Monday 11-29, 2021, 4:30 am
Bittabazar

आइतबार शेयर बजारमा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनीहरु (सुचिसहित)

२०७८ जेष्ठ ९

काठमाडौं ।  साताको पहिलोे दिन आज (आइतबार)नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से ३२.८१ अंकले बढेर दुई हजार आठ सय २० विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ११ अर्ब ६९ करोड ५० लाख बराबरको कारोबार भएको छ भने आज १६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा कर्णाली विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, युनाईटेड इदी मर्दी हाइड्रोपावर महालक्ष्मि विकास बैंक, सांग्रिला विकास बैंक, बेष्ट फाइनान्स कम्पनी, गुडविल फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, कालिका पावर, नारायणी डेभलपमेण्ड बैंक, बरुण हाइड्रोपावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी रहेका छन् ।

आज ११ अर्ब ६९ करोड ५० लाख रुपैयाँको कारोबार हुँदा नेपाल पुनर्बीमाको ४१ करोड ८६ लाख रुपैयाँको शयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २८ रुपैयाँले बढेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको कम्पनीको शेयर मुल्य ६ रुपैयाँले बढेको छ ।

त्यस्तै, ज्योति विकास बैंकको २३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य २३ रुपैयाँले बढेको छ । मेगा बैंकको २२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको शेयर मुल्य आज ३२ रुपैयाँले बढेको छ भने २२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।