Saturday 12-04, 2021, 5:44 pm
Bittabazar

नेप्से ३२ अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार, १६ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

२०७८ जेष्ठ ९

काठमाडौं । साताको पहिलोे दिन आज (आइतबार)नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से ३२.८१ अंकले बढेर दुई हजार आठ सय २० विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ११ अर्ब ६९ करोड ५० लाख बराबरको कारोबार भएको छ भने आज १६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

त्यस्तै, १६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कर्णली डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने महालक्ष्मी बैंकका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, स्रागीला डेभलपमेन्ट, युनाईटेड इर्दी मर्दी, कालीका पावर, वेष्ट फाइनान्स, गुडबिल फाइनान्स, सप्तकोशी रवरुण हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।