Saturday 12-04, 2021, 3:17 pm
Bittabazar

गृहमन्त्रालयले दियो ७७ वटै जिल्ला प्रमुखलाई यस्तो कडा निर्देशन

२०७८ जेष्ठ ८

काठमाण्डौ । गृहमन्त्रालयले निषेधाज्ञालाई कडारुपमा कार्यान्वयन गराउन निर्देशन दिएको छ । गृहमन्त्रालयले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा कडाइका साथ पालना गराउन परिपत्र गरेको हो ।

गृहमन्त्रालयमा आज आयोजित सुरक्षा निकायको बैठकमा गृहसचिव महेश्वर न्यौपानेले नागरिकस्तरबाट निषेधाज्ञामा लापरबाही बढेको भन्दै यसलाई नियन्त्रण गर्न निर्देशन दिएका हुन्।

मानिसहरुको अनावश्यक हिंडडुललाई नियन्त्रण गर्न भनिएको छ। निषेधाज्ञाका पालना नगर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गर्नसमेत न्यौपाने निर्देशन दिएका छन्।