Tuesday 11-23, 2021, 8:05 am
Bittabazar

मध्यरातमा संसद् विघटन : कार्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन मिति घोषणा

२०७८ जेष्ठ ८

काठमाडौं । शुक्रवार मध्यराति बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघटन गर्ने र मध्यावधी निर्वाचनमा जाने घोषणा गरेको छ । बैठकले कात्तिक २६ र मंसिर ३ गते गते निर्वाचन गर्ने निर्णय गरेको हो।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

राष्ट्रपतिले २१ घण्टाको समय दिएर संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेश गरेका थिए ।

संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दाबीकर्ताको दाबी खारेज गरेकी हुन् ।