Tuesday 11-30, 2021, 5:32 pm
Bittabazar

आजदेखि सबै प्रकारका भिसा सेवा बन्द

२०७८ जेष्ठ ६

काठमाण्डौ । कोरोनाको नयाँ प्रजातीको संक्रमण तीव्र गतिमा फैलिएको भन्दै अध्यागमन विभागले आजदेखि सबै प्रकारको भिसा सेवा बन्द गरेको छ ।

विहिबार एक विज्ञप्ती जारी गर्दै अध्यागमन कार्यालयले भिसा सेवा तत्काललाई स्थगित गरिएको जनाएको छ । तर, लकडाउनका कारण नेपालमा रोकिएका विदेशी पर्यटक, कारागारबाट सुपुर्दगी गर्नुपर्ने र देश निकाला गर्नुपर्ने विदेशीहरु, पासपोर्ट प्रक्रियाले रोकिएका र अन्य अत्यावश्यकीय कामले रोकिएकालाई भने भिसामा सहजीकरण गरिने विज्ञप्तिमा जनाईएको छ ।