Tuesday 11-23, 2021, 11:31 am
Bittabazar

कोभिड-१९ बारे चीनले गलत सूचना दिएको खुलासा !

२०७८ जेष्ठ ३

एजेन्सी। चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले षड्यन्त्रका सिद्धान्तलाई बढावा दिने किसिमले र पाश्चात्य देशले कोभिड-१९ विरुद्ध अपनाएका कदमहरूबारे विश्वव्यापी अभियान चलाएका छन्।

चीनले विश्वव्यापी रूपमा उसले महामारी नियन्त्रणमा अपनाएका तरिकाबारे आलोचना र पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट मौखिक आक्रमण बेहोरेको छ । त्यसपछि बेइजिङले कोभिड बारेको विश्वव्यापी भनाइमा नियन्त्रण गर्ने प्रयत्न गरिरहेको छ।

बीबीसी फाइल अन फोर र बीबीसी मनिटरिङले विभिन्न घटनाक्रम हेरेर बेइजिङले कसरी विश्वव्यापी गलत सूचना प्रवाह परीक्षण गरिरहेको छ भनेर हेरेका छन्। – बिबिसी