अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन : ‘बिरामीका आफन्तलाई ‍अक्सिजन लिन नपठाउनु’



काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी वा आफन्तलाई ‍अक्सिजन लिन नपठाउन अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिर कुमार अधिकारीले एक सूचना जारी गर्दै जारी गर्दै अक्सिजन जस्तो औषधिय विषय बिरामी वा आफन्तलाई नै लिएर आउनु भन्न नमिल्ने बताएका छन्।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइएमयूमार्फत प्राप्त तथ्याङकमा आधारित भई स्वीकृत मापदण्ड भित्र रही देशभरका अस्पतालहरुमा अक्सिजन आवश्यकता अनसार उपलब्ध गराउने कार्य भइरहेको छ।’ जारी सूचनामा भनिएको छ, ‘केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने भन्ने सुन्नमा आएकोमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ। अक्सिजन जस्तो औषधिय विषय बिरामी वा आफन्तलाई नै लिएर आउनु भन्नै नहुनेमा कहि कतै कसैले यस्तो गर्ने गर्नु भएको छ भने नर्गन नगराउनु हुन अनुरोध छ ।’

हेर्नुहोस मन्त्रालयले जारि गरेको सुचना :

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय