Monday 11-29, 2021, 9:11 pm
Bittabazar

मृत शरिरलाई अस्पतालदेखि जलाउने स्थानसम्म लैजाने रिमोट भ्यान बन्दै, कहिले सम्म आउला त ?

२०७८ जेष्ठ ३

काठमाडौं । कोरोना सङ्क्रमणबाट मानिसको मृत्युदर उच्च बन्दै गएपछि मानिसले नछोई शव व्यवस्थापन गर्न सकिने रोबो भ्यानको निर्माण भइरहेको छ ।

नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनीयरिङका विद्यार्थीले उक्त भ्यान निर्माण गर्न लागेका हुन् । रिमोटबाट चल्ने सो भ्यानले मृत शरीरलाई अस्पतालको शैयाबाट शव वाहनसम्म तथा शव वाहनबाट जलाउने स्थानसम्म लैजान सहयोग गर्नेछ ।

नाष्टको पहिलो किस्ता रु तीन लाख ९५ हजारबाट निर्माण थालिए पनि समयमै दोस्रो किस्ता नआउँदा भ्यान निर्माणको काम रोकिएको भ्यानका डिजाइनर अभिषेक कार्कीले बताए । शव व्यवस्थापनमा नेपालमै पहिलो प्रविधियुक्त उक्त भ्यान निर्माणमा रु १० लाख लाग्ने छ ।

कार्कीका अनुसार भ्यानको ९० र रोबोटको ७० प्रतिशत निर्माणको काम सकिएको छ । रोबो भ्यानको परीक्षण सफल भएमा सरोकारवालाबाट बजेट व्यवस्थापन गरी आवश्यकताअनुसार थप भ्यान निर्माण गर्न सकिने जानकारी दिए ।