कठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता ८ सय ८४ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ९ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रभु इन्स्योरेन्स कम्पनीले २५ औँ वार्षिक साधारण सभा जेठ ६ गते बोलाएको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।