अरुण भ्यालीको शेयर खरिदमा आवेदन दिने म्याद थपियो, कहिले सम्म दिने आवेदन ?



काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदमा आवेदन दिने म्याद एक साता थप गरिएको छ । हालको परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले एक विज्ञप्ति प्रकाशित गरी यो हकप्रदमा आवेदन दिने म्याद आउँदो जेठ २ गतेसम्म थप जनाएकाे हाे ।

कम्पनीले गत वैशाख ६ गतेबाट साढे ५२ करोड रुपैयाँ बराबरको हकप्रदमा आवेदन खुला गरेको छ । यो हकप्रदमा आउँदो वैशाख २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने भनिएको थियो । कम्पनीले हालको चुक्तापुँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँको ५० प्रतिशत अर्थात १ः०.५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद निष्कासन गरेको छ

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय