Saturday 11-27, 2021, 2:14 pm
Bittabazar

आज शेयर बजारमा सर्वाधिक कारोबार भएका यी कम्पनीहरु, कुन-कुन कम्पनीका लगानीकर्ताले कमाए धेरै ?

२०७८ बैशाख २२

काठमाडौं । साताको चौथौ दिन आज नेप्से परिसूचक ५ दशमलव ०९ प्रतिशतले घटेर २६४९ दशमलव ६० को विन्दुमा कायम हुँदा सबैभन्दा रैराङ हाईड्रोपावर र रिडि हाईड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज ६ अर्ब २१ करोड रुपैयाँको शेयर कारोबार हुँदा प्रभु इन्स्योरेन्स प्रोमोटरको २३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया लघुवित्तको २२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको हाे ।

त्यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आशा लघुवित्तका लगानीकर्ताले ३ दशमलव ४३ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी लघुवित्तका लगानीकर्ताले ३ दशमलव २५ प्रतिशतका दरले गुमाएका छन् । एनसीसी बैंकको १९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको १८ करोड २७ लाख रुपैयाँको शेयर करोबार भएको छ । जनउत्थान सामुदायिक लघुवित्तको आज १५ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य आज ३३ रुपैयाँले बढेको छ ।