काठमाण्डौ । कोभिडको दोस्रो लहरको मौका मौका छोपी केही व्यवसायीहरूले बजार दैनिक तथा अत्यावश्यक उपभोग्य वस्तु र अन्य सामग्रीको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तासँग चर्को मूल्य असुल्ने गरेको गुनासो सुनिन थालेको छ। एकातिर स्वास्थ्य संकट र अर्कोतिर महँगीको मारमा आम उपभोक्ता पर्न थालेका छन्।
निषेधाज्ञाको मौका पारेर पसले तथा व्यवसायीहरुले मूल्यवृद्धि गर्ने गरेको गुनासो उपभोक्ताको छ। ग्राहकले बजारमूल्य भन्दा बढीमा अत्यावश्यक सामग्री किन्दै आएका छन्। अब भने ग्राहकले मूल्यवृद्धि गर्ने पसले र व्यवसायीहरूका बारेमा सजिलै उजुरी दिन सक्नेछन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोल–फ्री नम्बर ११३७ मा आमनागरिकले उजुरी दिन सक्नेछन्। विभागले बजारमा अत्यावश्यक सरसामान पर्याप्त रहेको र कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यवसायी तथा पसलेलाई कारबाही गरिने जनाएको छ।