Monday 11-29, 2021, 2:14 pm
Bittabazar

प्राईम लाइफ इन्स्योरेन्सको नाफामा, जीवन बीमा कोषमा १४ अर्ब

२०७८ बैशाख २२

काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म २२ करोड ८६ लाख रुपियाँ नाफा आर्जन गरेको छ । लाइफ इन्स्योरेन्सले ३० करोड १२ लाख रुपियाँ आम्दानी गरी चालु आर्थिक वर्षको सोही अवधिमा सात करोड २६ लाख रुपियाँ खर्च गरेको हो । गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको १८ करोड ३० लाख रुपियाँ मात्र नाफा आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षको चैत मसान्त भन्दा यसपाली चार करोड रुपियाँले नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिले नौ महिनामा प्राईम लाइफले तीन अर्ब सात करोड रुपियाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीको जगेडा कोषमा ६२ करोड ५२ लाख ९९ हजार रुपियाँ रहेको छ । जीवन बीमा कोषमा १४ अर्ब ३६ लाख रुपियाँ रहेको प्राईम लाइफको महाविपत्ती कोषमा भने १४ करोड ७६ लाख रुपियाँ रहेको छ ।