Tuesday 12-07, 2021, 2:28 am
Bittabazar

हकप्रद शेयर जारी गर्दै अपि पावर कम्पनी, शेयरधनीले कहिले सम्म दिने आवेदन ?

२०७८ बैशाख २२

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।  वैशाख २९ गते बुधबार एक दिनको लागी शेयर दर्ता किताब बन्द गरिने जनाएको छ । सो आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले चुक्ता पूँजीको १००ः२९.३८ को अनुपातमा ५७ लाख ७० हजार कित्ता हकप्रद शेयर जारि गर्नका लागी यहि वैशाख २० गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत समेत लिईसकेको छ । धितोपत्र बोर्ड बाट स्वीकृत पाइसके पछि अपि पावर कम्पनी संचालन समितिबाट निर्णय भए अनुसार चुक्ता पूँजी रु १९२.९७५ करोडको १००ः२९.३८ को अनुपातमा एक सयको अंकित दरमा ५७ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ ।