Thursday 12-02, 2021, 4:35 pm
Bittabazar

आज (बुधबार) घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

२०७८ बैशाख २२

काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९० हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर १३२० रहेको महासंघले जनाएको छ ।