Wednesday 11-24, 2021, 4:09 am
Bittabazar

यी हुन् आज शेयर बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरु

२०७८ बैशाख २१

काठमाडौं । मंगलवार सामान्य अंकले बढेको बजारमा दश कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यस दिन समता घरेलु लघुवित्त र महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य आठ कम्पनीको शेयरमूल्य पनि उच्च दरमै बढेको छ ।

आज ६ अर्ब ५ करोड रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै एनसीसी बैंकको २३ करोड ९ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १ दशमलव ३८ प्रतिशतले बढेर ३ सय ६८ रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, अरुण कावेली पावरको २१ करोड ८३ लाख रुपैयाँको शेयर करोबार भएको छ । ग्रामिण विकास लघुवित्तको १६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १६ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।