काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि विभिन्न आकर्षक डाटा प्याकका सुविधाहरु ल्याएको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञालाई मध्यनजर गर्दै टेलिकमले प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने गरी सुविधाहरु ल्याएको हो ।
हेर्नुहोस थप गरिएका सुविधाहरु :
१. वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक : २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक रु. ६४९ मा उपलब्ध छ । यो अफर लिनका लागि मोबाइलमा *1415*1*8*2# डायल गर्नु पर्नेछ ।
२. ७ दिनका लागि १.५ जीबी प्याक : ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्ने प्याक ल्याएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा रु.९५ मा उपलब्ध गरेको छ । यो प्याक लिनका लागि मोबाइलमा *1415*1*1*4# डायल गर्नु पर्नेछ ।
३. २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक : २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । रु. ३० मा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि मोबाइलमा *1415*8*2# डायल गर्नु पर्नेछ ।
४. ५०० एमबी पर डे डाटा प्याक : जम्मा रु. २९९ मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गरेको छ । यो प्याक लिनका लागि मोबाइलमा *1415*1*9*3# डायल गर्नु पर्नेछ ।
ग्राहकले *1415# डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्नेछन् । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि सेवा खरिद गर्न सकिन्छ ।