Tuesday 11-23, 2021, 1:04 am
Bittabazar

अण्डाको मूल्य हालसम्मकै उच्च पुग्यो

२०७८ बैशाख २१

चितवन । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो। लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७० र मिडियमको ३४० रुपैयाँ पुगेको छ। यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि गरिएको हो। ओलीका अनुसार चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको थियो। यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य ३६० रुपैयाँ पुगेकामा केही दिनपछि घटेको थियो।