Tuesday 11-30, 2021, 5:33 pm
Bittabazar

एयरलाईन्सको उडान भाडादर इतिहासमै सस्तो, कुन एयरलाईन्सको कति ?

२०७८ बैशाख १८

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च विन्दुमा पुगिरहेको बेला झापाको भद्रपुरबाट राजधानी काठमाडौँ जाने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो ।

आज भद्रपुर–काठमाडौँ उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले १ हजार ५ सय रुपैयाँ, यती एयरले १ हजार ३ सय ९५ रुपैयाँ, सौर्य एयरले १ हजार ४ सय रुपैयाँ र श्री एयरले १ हजार ४ सय रुपैयाँ तोकेका छन ।