Monday 11-29, 2021, 5:44 pm
Bittabazar

घट्यो सुनको मुल्य, कति छ आज बजारभाउ ?

२०७८ बैशाख १७

काठमाडौं  । आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९० हजार ८ सय रुपयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सयले घटेर ८९ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन ८ सय ५० रुपैँयाले घटेर ८९ हजार ४ सय ५० रुपैयाँ प्रतितोला पुगेको छ ।

आज चाँदीको भाउ पनि २० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ०७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ६९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १० रुपैयाँ कायम गरेको छ ।