Tuesday 11-30, 2021, 5:47 pm
Bittabazar

क-कसलाई चाहिँदैन निधेषाज्ञा पास ? अवरोध भए यी नम्बरमा फोन गर्नुस् !

२०७८ बैशाख १७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामका लागि निस्केकाहरूलाई पास नचाहिने प्रष्टाएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारी, अत्यावश्यक वस्तुका सवारी साधन, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल जाने र आउने यात्रुलाई सवारी पास नचाइने प्रशासन कार्यालयले जनाएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना बढेपछि बिहीबारदेखि एक साताका लागि निधेषाज्ञा लगाइएको छ। कार्यालयकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले बिहीबार विज्ञप्ति निकालेर मृत्यु संस्कार र अत्यन्त जरूरी कार्यबाहेक कार्यालयबाट पास उपलब्ध नहुने उल्लेख गरेकी छन्।

अत्यावश्यक काम र पास आवश्यक नपर्नेहरूले कतै अवरोध भएमा १०० र १०३ मा फोन गर्न पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ।