Thursday 11-25, 2021, 7:56 am
Bittabazar

बढी शुल्क लिएर कोरोना परिक्षण गर्ने निजि प्रयोगशालालाई स्वास्थ्य मन्त्रालयले दियो यस्तो चेतावनी (पत्रसहित)

२०७८ बैशाख १४

काठमाडौं । कोरोनाको पीसीआर परीक्षण गर्दा सरकारले तोकेभन्दा बढी शूल्क लिने गरेको व्यापक गुनासो आउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी सहितको पत्र जारी गरेको छ ।

सरकारले कोरोना सक्रमण पहिचान गर्न पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ । तर, कतिपय अस्पताल तथा प्रयोगशालाले संक्रमण रोकथाम लगायतको बहानामा थप शुल्क लिने गरेको गुनासो आएको भन्दै मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नलिन सार्वजनिक सुचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । मन्त्रालयको सार्वजनिक सूचनामा भनिएको छ ‘यदि कसैले तोकिएको भन्दा बढी शुल्क लिएमा पीसीआर परीक्षणको सूची बाटै हटाइने व्यहोरा जानकारी गराइन्छ ।’

हेर्नुहोस पत्र :