Tuesday 11-30, 2021, 5:32 pm
Bittabazar

आज (मंगलबार) नेप्से बजारमा यी हुन सर्वाधिक कमाउने कम्पनीहरु

२०७८ बैशाख १४

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) हरियाली छाएको छ । साताको तेस्रो दिन २ सय १६ वटा कम्पनीको १ करोड २ लाख २ हजार २ सय १९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको हाे । मंगलबार नेप्से ९२.४६ अंकले वृद्धि हुदाँ शेयर बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेर कारोबार भएको छ । जसमा १० प्रतिशतसम्म वृद्धि भएर सर्किट लाग्ने ११ वटा कम्पनीहरु छन् ।

आज (मंगलबार) माथिल्लो तामाकोशी जलविद्युत आयोजना, बिशाल बजार कम्पनी, महिला लघुवित्त, समिट लघुवित्त, युनाइटेड इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था, अरुण भ्याली हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, उन्नती सहकार्य लघुवित्त र यूनाईटेड आइविआई मार्दी आरबी हाइड्रोपावर रहेका छन् ।

आज अपर तामाकोशी जलविद्युत आयोजनाको शेयर सर्वाधिक कारोबार भएको छ । भने यो कम्पनीका लगानीकर्ताहरु धेरै कमाउनेमा पनि परेका छन् । त्यसै गरी शेयर संख्याको हिसावले सबै भन्दा बढी कारोबार भने निफ्राको भएको छ ।