Monday 11-29, 2021, 8:15 pm
Bittabazar

सिंगटी हाइड्रोको आईपीओ डिम्याट खातामा, पहिलो कारोबारको ओपन रेञ्ज कति ?

२०७८ बैशाख १४

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर डिम्याट खातामा आएको छ । एसएचइएल (SHEL) को स्टक संकेतबाट उक्त कम्पनीको आईपीओ आएको हो ।

कम्पनीले चैत ६ गतेदेखि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँट गरेको हो ।

बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो । उक्त आईपीओ गत चैत २७ गते बाँडफाँट गरिएको थियो । कम्पनीको आईपओ बाँडफाँट गर्दा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।

कम्पनीको शेयरले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १०० देखि ३०० सम्म पाउने देखिएको छ । कम्पनीले दोलखामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरेको छ । कम्पनीले वैशाख मसान्त भित्र आफ्नो बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरेको छ।